त्रिपुरासुन्दरी मन्दिरमा आजदेखि मेला

दियो पोस्ट  

बैतडी, कात्तिक २९ । सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको छ ।

दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र शुक्रबार दुई दिनसम्म जात्रा लाग्नेछ । उक्त भगबतीको दर्शन गरेमा मनोकामना पूरा हुने, दुष्टको मानमर्दन हुने र भक्तजनको कल्याण हुने विश्वास गरिन्छ ।

मेलालाई व्यवस्थित र मार्यादित बनाउन मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको त्रिपुरा सुन्दरी मेला व्यवस्थापन समितिका अध्यक्ष गणेशसिंह थापाले बताउनुभयो ।

कात्तिक जातको रूपमा मानिने उक्त मेलामा हरेक वर्ष सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत हजाराँैको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेको उहाँको भनाइ थियो ।

परम्परादेखि लाग्दै आएको यस मेलाको छुटृै महत्व छ । शक्तिशाली भगवतीलाई असार महीनामा अषढी जात, साउन अथवा भदौमा रक्षावन्धनका दिन वोगाल, कात्तिक शुक्ल नवमीका दिन कात्तिक जात खोलिन्छ । असोज र चैत्रको नवरात्रिमा परेवोखी दशमीसम्म नियमित पूजा लाग्दछ । कात्तिकको जातका अवसरमा राँगा र बोकाको बलि दिइन्छ ।

TATA ADD

सिफारिस