अमेरिकामा ट्रम्प र प्रधानन्यायाधीशबीच किन भयो भनाभन ?

दियो पोस्ट  

अमेरिका, मंसिर ६ । अमेरिकाका प्रधानन्यायाधीश जन रोबर्टसले एक असाधारण कदम चाल्दै राष्ट्रपति ट्रम्पको सार्वजनिक आलोचना गरेका छन् ।

ट्रम्पले एक संघीय न्यायाधीशले आफ्नो आदेश विपरीत फैसला गरेको झोकमा उनलाई ओबामा पक्षधर न्यायाधीशको संज्ञा दिएपछि प्रधानन्यायाधीश रोबट्र्सले उनको आलोचना गरेका हुन् ।

आप्रवासीसम्बन्धी आफ्नो नीति उल्ट्याउने गरि फैसला भएकोमा राष्ट्रपति ट्रम्पले ती संघीय न्यायाधीश ओबामा पक्षधर भएको आरोप लगाएका थिए ।

तर उनको त्यस्तो आरोपको अमेरिकाको सर्वोच्च अदालतका प्रमुखले कडा प्रतिक्रिया दिए ।

राष्ट्रपति ट्रम्पको विरोधमा प्रधानन्यायाधीशले प्रतिक्रिया दिएको यो पहिलो पटक हो ।

उनले समाचार संस्था एपीसँग कुरा गर्दै न्यायालयमा कोही ओबामा वा ट्रम्प पक्षधर न्यायाधीश नरहेको जनाए।

तर प्रधानन्यायाधीश रोबट्र्सले न्यायपालिकामा कोही कसैको पक्षधर न्यायाधीश नभएको भनी आलोचना गरेपछि पनि राष्ट्रपति ट्रम्पले आफ्नो आरोपको बचाउ गर्दै प्रधानन्यायाधीश गलत भएको ट्वीट गरेका छन्।

उनले उनकै शब्दमा ओबामा न्यायाधीशहरूको दृष्टिकोण देशको सुरक्षाको वाग्डोर सम्हालेकाहरूकोभन्दा निकै फरक भएको उल्लेख गरेका छन् । बिबिसी

TATA ADD