मंसिर ७ काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको आजका ३ खेलमा त्रिभुवन आर्मी क्लब, संकटा र ब्रिगेड ब्वाईज क्लब विजयी भएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले नेपाल पुलीस क्लवलाई १–० ले हराएको हो । आर्मीको जितका लागि टेकबहादुर बुढाथोकीले १ गोल गरेका हुन् ।
सातदोबाटोमै भएको अर्को खेलमा ब्रिगेड ब्वाइजले एपीएफलाई ३–१ ले हराएको छ । ब्रिगेड ब्वाईजकाको जितका लागि मनोज राई, ताजुदीन आदुलिनी र काजिम एडेल जोकले एक एक गोल गरेका हुन् ।
हलचोकमा भएको अर्को खेलमा संकटा क्लबले मच्छिन्द्र क्लबलाई २–० ले पाखा लगाएको छ । संकटालाई जिताउन नितिन थापा र अमित थापाले दोस्रो हाफमा १÷१ गोल गरेका हुन् । अमितले ६० औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । जितसँगै आर्मी र संकटाले समान ७÷७ अंक बनाएका छन् । गोल अन्तरको आधारमा संकटा लिगको दोस्रो स्थानमा उक्लिएको छ ।