विश्वकपको उपाधि कसले जित्ला, अष्ट्रेलिया की इङल्याण्डले ?

diyopost.com
Diyo post  शनिबार, मंसिर ०८, २०७५ | ९:३५:४३

काठमाडौं, मंसिर ८ । पुरुषहरुले खेल्ने फुटबलदेखि क्रिकेटका विश्वकपको चर्चा चुलीमा पुगे पनि महिलाहरुले खेल्ने यस्तै प्रतियोगिताको चर्चा भने कम हुन्छ । तर, भोलि बिहान अष्ट्रेलिया र इङल्याण्ड आइसिसी विमेन्स टी २० को फाइनलमा भिड्दैछन् । वेस्ट इण्डिजमा फाइनल खेल नेपाली समय अनुसार भोलि बिहान ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

सेमिफाइनलमा अष्ट्रेलियाले वेस्ट इण्डिजलाई ७१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । वेस्ट इण्डिजले गत विश्वकपको फाइनलमा अष्ट्रेलियालाई नै पराजित गरेको थियो । यता इङल्याण्डले भने भारतलाई ८ विकेटले पराजित गर्दै फाइनल स्थान सुरक्षित गरेको थियो ।

२००९ देखि सुरु भएको यो प्रतियोगितामा अष्ट्रेलियाले २०१०, २०१२ र २०१४ मा गरी लगातार प्रतियोगिता जित्न सफल भयो । २००९ को पहिलो प्रतियोगिता भने इङल्याण्डले उचालेको थियो । २०१६ मा भएको पछिल्लो विश्वकपमा भने वेस्ट इण्डिजले अष्ट्रेलियालाई पराजित गर्दै उपाधि जितेको थियो ।

सम्बन्धित खबर