यी चार युवक जो कुदिरहेको रेलअगाडी हामफाले, यस्तो थियो सामुहिक आत्महत्याको रहस्य

दियो पोस्ट  

बीबीसी । नोभेम्बर २० को रात करिब साँढे ११ बजे छत्तिसगढस्थित नक्साल प्रभावित क्षेत्र कोण्डामा एक फोन बज्यो । सशस्त्र सीमाबलको उक्त क्याम्पका एक जवान नेमचन्द मीणा गहिरो निन्द्रामा थिए जसकारण उनले फोन बजेको सुन्न सकेनन् । दोस्रो पटक पुनः आएको फोनको घण्टीले उनको आँखा खुल्यो र फोन रिसिभ गरे । फोनबाट आएको खबर सुन्नासाथ मीणा सीधै क्याम्प अफिसरका घरतिर हान्निए ।

उक्त फोन राजस्थानबाट उनका भाई अलवर ले गरेका थिए । फोनमा भनिएको थियो, ‘ हाम्रो भाई सत्यनारायण अब यस दुनियामा रहेन । बुवालाई अहिलेसम्म यो खबर बताईएको छैन । केही समय अगाडी सत्यनारायणको शव रेलको पट्रीमा भेटिएको हो, अत्यन्तै मुस्किलले पहिचान भयो ।’

छत्तीसगढको उक्त इलाकामा रातको समयमा सुरक्षाबलको गस्ती समेत प्रतिवन्ध गरिएको हुन्छ । नेमचंदले विहानीको प्रतिक्षा गरे । चार बजे जबलपुर, त्यसपछि आगरा र दौसा हुँदै २४ घण्टामा घर पुगे ।

सोही रात अलवर जिल्लाका बहड गाउँमा बस्दै आएका राजस्थान पुलिसका हेड कन्सटेबल बाबुलाल मीणाको घरमा पनि एक फोन आयोे । नीजि अस्पतालबाट आएको उक्त फोनमा भनिएको थियो,‘तपाइँको छोरा ऋतुराज गम्भिर अवस्थामा छ, जतिसक्दोँ चाँडो अस्पताल आउनुहोला ।’ खबर सुन्नासाथ हतोत्साहित भएका बाबुलाल मीणा पत्नीलाई लिएर निस्कनै लागेका मात्र थिए सोही समयमा जिल्लाको एक प्रहरी कार्यलयबाट फोन आयो र उनलाई तुरुन्त त्यहाँ उपस्थित हुन निर्देश गरियो ।

यही तबरको दुई फोन दुई अन्य युवक मनोज मीणा र अभिषेक मीणाको घरमा पनि पुग्यो । डेढ घण्टापछि सत्यनारायण,ऋतुराज र मनोज मीणाका घरपरिवार उनिहरुको शव नजिकै बसेर राइरहेका थिए भने अभिषेकको परिवार भने गम्भिर रुपमा घाइते भएका एक युवकलाई एम्वुलेन्समा राखेर एक प्रहरी अधिकारीलाई लिई राजधानी जयपुर तर्फ लागेका थिए ।

वास्तवमा २० नोभेम्बरको साँझ चार युवकले अलवर रेलवे स्टेशनबाट आवतजावत गर्ने जयपुर चंडीगढ एक्सप्रेस नामक रेलको अगाडी हामफालेका थिए । १७ देखि २४ बर्षबिचका चार जना युवाहरुले गुडीरहेको रेलअगाडी हामफाली आत्महत्याको प्रयास गरेका थिए । त्यसरात चारजना वाहेक अन्य दुई पनि त्यहाँ उपस्थित थिए । राहुल र सन्तोष नाम गरेका अर्का दुई युवकका अनुसार फोनमार्फत एक अर्कालाई बोलाईएको थियो जहाँ उनिहरु प्राय आउने गर्थे ।

घटनाको दोस्रो दिन प्रहरीको सोधपुछको क्रममा राहुलले त्यस दिन सबै जना मस्ती गरिरहेका बताए । सबै मस्ती गर्दै थिए, हाँसीरहेका थिए । त्यस्तो सिरियस कुरा समेत भएको थिएन । उनिहरु भन्दै थिए कि हामी त मर्छौ, साथमा तँ पनि हामीसंगै मर्नुपर्छ । मैले अस्विकार गरे र उनिहरुलाई पनि यस्तो नगर्न आग्रह गरेँ । एउटा साथिले मसंग सिग्रट माग्यो, मैले पनि दिएँ । सोही समय विपरित तर्फबाट एउटा रेल आईरहेको थियो लगत्तै उनिहरु रेलको अगाडी हामफाले ।’ चलिरहेको रेलअगाडी चार जना किन हामफाले ? राहुलले सोधपुछको क्रममा भने,‘उनिहरु चिच्याउँदै भनिरहेका थिए ‘जिन्दगीमा केही जागिर छैन, मिल्नेवाला पनि छैन अब बाँचेर फाइदा छैन ।’ राहुलको यस किसिमको वयानले भारतभरि एक खबर आगोजसरी फैलियो, ‘बेरोजगारको कारण तिन युवकद्धारा आत्महत्या’ । खबर फैलिनुको कारण पनि आधारहिन थिएन ।

वास्तविकता के थियो?
चलिरहेका ट्रेनअगाडी हामफाल्ने ति चारैजना युवकहरु अलवरस्थित एक घरमा भाडामा बस्थे । संगै बसेर पढ्नेमध्य केही परिक्षामा फेल भएका थिए । सबैभन्दा महत्वपुर्ण कुरा राजस्थानमा विधानसभाको निर्वाचन मुखमै आएको छ । बेरोजगार तथा किसानको समस्याका अनेकौँ मुद्धाले एक स्वरुप लिइसकेको छ । बेरोजगार र अन्य समस्याको बिचमा यस घटनामा भने अरु नै केही देखिन्छ ।

घटनाको दोस्रो दिन संचारकर्मी र केही टोली सत्यनारायण मीणाको गाउँ बुजपुरी पुग्यो । त्यहाँ गाउँका मानिसहरु, आफन्तजन र परिवारहरु शोक मनाइरहेका थिए । उनका जेठा दाई नेमचंदका अवस्था निकै नै दयनिय थियो । नेम्चन्द्को अवस्था एकदमै खराव थियो । उ भनिरहेको थियो, ‘मेरो एटीएम कार्ड नै उसैसङ्ग हुन्थ्यो, बेरोजगारीको कारणले नै त उसले किन आत्माहत्या गर्थ्यो होला र रु’ आफुले कहिल्यै पनि रोजगारको लागि दवाव नदिएको बताउँदै नामचन्दले आफ्नो भाई वेरोजगार भएकै कारण आत्महत्या गर्न नसक्ने बताए । भर्खर १७ बर्ष भएका सत्यनारायणको लागि उनका दाजु नेमचन्दले ६० हजारमा एक मोटरसाईकलसमेत किनिदिएका थिए । १७ बर्षको उमेरमा पनि वेरोजगारीकै कारण आत्महत्या गर्न नसक्ने नेमचन्दले बताए ।

यस्तो छ पारिवारिक अवस्था
सत्यनारायणका परिवारको मनग्य जमिन छ । खेतिकिसानी पनि हुन्छ । गाउँका सम्पन्न मानिसहरुको सुचिमा उनको परिवार पनि पथ्र्यो । उनको घरबाट ४५ मिनेटको दुरीमा अर्का युवक ऋतुराज मीणाको घर छ । पाँच बेडरुम भएको उक्त घर गाउँकै सबैभन्दा अलिशान देखिन्थ्यो । उनको घरमा एउटा कुकुर पनि पालिएको थियो ।उनि बिए प्रथम बर्षमा अध्ययन गर्दथे ।

ऋतुराजका एकमात्र दाईको मानसिक सन्तुलन सानै उमेरबाट बिग्रिएको थियो । विहे हुन बाँकी एउटी बहिनी पनि छिन । बुवा बाबुलाल मीणा राजस्थान पुलिसमा कार्यरत छन् तर १२ बर्षअगाडीको एक दुर्घटनामा परि दुबै खुट्टा गुमाएका छन् । पिता बाबुलालका अनुसार ऋतुराज राम्रो लगाउन र मिठो खानको लागि शौखिन थिए । परिवारले उनलाई ७० हजारको आइफोनसमेत किनिदिएको थियो । त्यस दिन पनि बाबुछोराको कुरा भएको थियो । अहिल्यै पैसा कमाउने बेला भएको छैन, पैसाको जरुरत छैन भनेर सम्झाउँदा समेत ऋतुराज आफ्नो बुवाको कुरै नसुनी दुई दिनपछि घर फर्किन्छु भन्दै बाहिरिएका थिए । पैसाको बारेमा घरबाट केही कमी नराखेको बताउँदै ऋतुराजले बेरोजगारीकै कारण आत्महत्या गर्न नसक्ने बाबुलालले बताए ।

दुई अर्का युवक मनोज र अभिषेक पनि सोही इलाकाका बासिन्दा हुन् । सबै सम्पन्न परिवारबाट पढ्नको लागि अलवर गएका थिए । मृत्यु हुने सबै राजस्थानका मीणा समुदायका युवाहरु हुन् । मीणा समुदायलाई सरकारी जागिरमा समेत आरक्षणको व्यवस्था गरिएको छ ।

आत्महत्याको कारण के थियो?
प्रश्न यो छ कि ति युवाहरुले आत्महत्या गर्नुको कारण वेरोजगार नभए अरु के हुन सक्छ त ? बीबीसीले अलवर जिल्लाका डिएसपी राजेन्द्र सिंहसंग कुरा गर्दा उनले पनि आत्महत्याको कारण बेरोजगार नभएको बताए । उनले भने, ‘यो सत्य हो । अनुसन्धानमा पनि यीनिहरु आत्महत्या गर्ने कुरा गरेको पाइयो तर उनिहरुले बेरोजगारीकै कारण आत्महत्या गरेका हुन् या हैनन् भन्नेबारे भने अहिल्यै भन्न सकिदैन । हामी चारै जनाको कल रेकर्डबाट अनुसन्धान अगाडी बढाउँदै छौँ । यसबाट केही तथ्य बाहिर अवश्य आउनेछ ।’

रहस्यमय बन्दै गइरहेको सामुहिक आत्महत्याको घटनाको सत्य कारण बताउन सक्ने अभिषेक मीणा गम्भिर अवस्थामा जयपुरको एक अस्पतालमा भर्ना भएका थिए । तर गएराति उनको समेत मृत्यु भएपछि घटना झन गम्भिर बन्दै गएको हो ।
घटनाको सम्वन्धमा राहुल र सन्तोष मीणाले दिएको जवाफप्रति प्रहरी अधिकारी सन्तुष्ठ भने छैनन् । हाल दुबै जना अज्ञात छन् भने मोबाइल फोन पनि बन्द रहेको छ । अलवर स्थित एक प्रहरी चौकीमा सत्यनारायण र ऋतुराजको विरुद्ध मारपिटको उजुरी दर्ता भएको छ तर दुबैको परिवारलाई भने यसबारे केही थाहा छैन । दुबैको परिवारले उनीहरुको गलत संगत भएको स्विकार गरेका थिए । ऋतुराजका पिता बाबुलाल मीणाले आफ्नो सोझो छोरा संगतकै कारण बिग्रिएको बताए ।