प्रधानमन्त्री ओलीप्रति ज्ञानेन्द्र शाहीको आक्रोश,‘ विरामीले चलाएको देश विकास हुन्छ ?’

प्रधानमन्त्री ओलीप्रति ज्ञानेन्द्र शाहीको आक्रोश,‘ विरामीले चलाएको देश विकास हुन्छ ?’

काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोणका कारण डायलाइसिस गराइरहेका छन् । देशको प्रधानमन्त्री स्वस्थ हुनु पछै नै तर, प्रधानमन्त्रीको स्वास्थ्य संवेदनशिलतालाई लिएर भ्रष्टाचार विरोधी अभियानताको रुपमा चिनिएका ज्ञानेन्द्र शाहीले व्यंग्य गरेका छन् ।
नेपालका लागि नेपाली अभियानको कार्यक्रममा सम्बोधन गर्ने क्रममा शाहीले ‘विरामी मुलुक चलाउन नसक्ने’ बताएका छन् ।
‘संसदको प्रधानमन्त्री केपी शर्मा ओली ज्यु विरामी हुनुहुन्छ । विरामीले मुलुक चलाउँदैन । मेरा बाउ विरामी भए भने हस्पिटलमा लगेर उपचार गराउँछौँ । प्रधानमन्त्री पनि आफ्नै बाउ जस्तै हो देशको । अनि देश विकास भएन भनेर कराउँछौँ । किन कराउँछौँ नकराओ भन्छु म,’ शाहीले भनेका छन्,‘जुन देश एउटा विरामीले चलाइरहेको छ । विरामीले चलाएको देश विकास हुन्छ ? स्वयं प्रधानमन्त्री ज्यु आउनुहुन्छ के बोल्नुहुन्छ थाहा पनि पाउनुहुन्न । अस्ति हुँदा हुँदा माक्स लगाउन पर्दैन भनिदिनु भयो । उहाँलाई थाहा थियो होला तर होस् नै थिएन । त्यही भएर मुलुक विरामीको हातमा छ ।’

Trending News