बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्किंदै

बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्किंदै

काठमाडौं, कार्तिक २९ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण पूरा गरी आज शुक्रबार स्वदेश फर्कने भएका छन् । राष्ट्रपति हमिद शुक्रबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने र करिब पाँच बजे त्यहाँबाट स्वदेश प्रस्थान गर्ने कार्यतालिका तय भएको छ । स्वदेश फर्किनुअघि उनले चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् ।

उनी शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर जाने कार्यतालिका छ ।

गएको मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिदले भक्तपुर दरबार स्क्वायरदेखि पोखरासम्मको भ्रमण गरेका छन् ।

बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका उनी बिहीबार भने पोखरा घुम्न पुगेका थिए ।

उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्ने कार्यक्रम छ ।

Trending News