सरकारको कामलाई प्रभावकारी बनाउन भन्दै कुवेती प्रधानमन्त्रीले दिए राजीनामा

सरकारको कामलाई प्रभावकारी बनाउन भन्दै कुवेती प्रधानमन्त्रीले दिए राजीनामा

कुवेत सिटी, कार्तिक २९ । कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा दिएका छन् ।

कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरूलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजीनामा दिएका उल्लेख गरेको छ । सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गर्नुभएको वक्तव्यमा प्रधानमन्त्रीको राजीनामाको कारण भने केही खुलाएका छैनन् ।

सत्तारुढ सांसदहरूले संसद्मा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।

खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद् पुनर्गठन बेलाबखत भइरहने गरेको छ, र पछिल्लो मन्त्रिपरिषद् गठन भएको दुई वर्ष पनि पुगेको छैन ।

Trending News