आमादब्लम हिमालमा कुवेती झण्डा फहराउनुमा नेपाली कीर्तिमानी आरोही पुर्जाको संलग्नता !

आमादब्लम हिमालमा  कुवेती झण्डा फहराउनुमा नेपाली कीर्तिमानी आरोही पुर्जाको संलग्नता !

काठमाडौं, मंसिर १ । आमादब्लमको चुचुरोमा अनुमतिविना १५० किलो कुवेतकको झण्डा फहराउनुमा कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाको संलग्नता रहेको खुलेको छ ।
पुर्जाले मंगलबार इन्स्टाग्राममा अमादब्लमको फोटो पोस्ट गर्दै ‘उच्च जोखिम मोलेर असम्भव कार्यलाई सम्भव पार्न लागिएको’ बताएका छन् । पुर्जाको टोलीले झण्डा फहराउन कुवेती दललाई सघाएको उनकै ईन्स्टाग्रामबाट नै स्पष्ट बुझ्न सकिन्छ ।


अहिले इन्स्टाग्राममा कुवेती आरोहीको प्रशंसा भइरहेको छ ।
क्यानेडियन आरोही इलिया साइकालीले इन्स्टाग्राममा कुवेतीहरूको मेहनत धैर्यसाथ हेरेको उल्लेख गरेका छन् । केहीले कुवेती आरोहीको दलको राष्ट्रप्रेम भन्दै प्रशंसा गरे पनि धेरैले सुन्दर हिमाललाई कुरुप बनाएको भन्दै कडा आलोचना गरेका छन् ।
६ हजार ८ सय २८ मिटर उचाइको आमादब्लम हिमालमा बिवा अनुमती कुवेतले झण्डा फहराएको हो ।


अन्य कुनै निकायसँग अनुमति लिएको भए प्रमाण पेश गर्न भनिसकेको र प्रमाण नभए कारबाही हुने पर्यटन विभागले जनाएको छ ।

हिमालबाट झण्डा हटाइसकिएको बताउँदै कुवेती टोली खुम्बुबाट काठमाण्डौ फर्कँदै गरेकाले उनीहरूलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल भइरहेको विभागले प्रतिक्रिया दिएको छ ।

Trending News