हङकङमा प्रदर्शनकारी र प्रहरीबिच रातभरी झडप, पेट्रोल बम र वाणको प्रयोग

हङकङमा प्रदर्शनकारी र प्रहरीबिच रातभरी झडप, पेट्रोल बम र वाणको प्रयोग

बीबीसी । हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबिच रातभरी झडप भएको छ । एक विश्वविद्यालय परिसरमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो । झडपमा प्रदर्शनकारीहरुले पेट्रोल बम, वाण र ढुंगामुढाको प्रयोग गरेका थिए ।

प्रहरीले आन्दालनलाई नियन्त्रणमा लिनका लागि पानीको फोहोरा र अश्रुग्याँसको प्रयोग गरेको थियो । त्यहाँको पोलिटेक्निक युनिभर्र्सिटीमा प्रहरीहरु प्रवेश गर्न लागेका बेला प्रदर्शनकारीहरुले अवरोध गरेका थिए । उनिहरुले अन्य घातक हतियारहरुको प्रयोग समेत गरेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

रातभरि झडप पछि अवस्था केही सामान्य भएतापनी आज बिहान पुनः झडप भएपछि त्यहाँको स्थिति तनावपुर्ण बनेको थियो । प्रहरीले अहिले सो युनिभर्सिटीलाई चारै तर्फबाट घेरेर राखेकोे बीबीसीले जनाएको छ ।

महिनौदेखि चलिरहेको सरकारविरोधी आन्दोेलन बिचमा केही सेलाए पनि पुनः उग्र भएको बताइएको छ । आन्दोलनको कारणले हङकङको जनजीवन निकै अस्तव्यस्त बनेको छ ।

Trending News