धादिङमा चितुवाको छाला किनबेच गर्ने ६ जना पक्राउ

दियोपोस्ट संवाददाता

धादिङ । धादिङको गजुरी गाउपालिकाबाट चितुवाको छाला किनबेच गर्ने ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका वस्ने ३८ वर्षीय भाईराम पजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञान बहादुर विक , २५ वर्षीय आषिश तामाङ, बेनिघाट रोराङ गाउँपालिका बस्ने ५७ वर्षीय सन्त तामाङ र राजकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यलय धाङिले बताएको छ ।

चितुवाको छाला किनबेच हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले एक थान चितुवाको छाला र बा १८ प ९६९३, ग ६ प १६४५ र ग ७ प ५९६३ नम्बरका ३ वटा मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।