
काठमाडौँ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश ३ नम्बर भेला सम्पन्न भएको छ । भेलाले १५ सदस्यीय प्रदेश समिति र १३ सदस्यीय काठमाडौँ उपत्यका कमिटि गठन गरेको छ ।
भेलाबाट गोरखापत्र दैनिकका सिन्धुपाल्चोक संवाददाता चित्र मिजारको अध्यक्षतामा प्रदेश समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमल बिश्वकर्मा मकवानपुर, सचिवमा वसन्त परियार धादिङ, सहसचिव सरोज उपरकोटी चितवन, कोषाध्यक्षमा शर्मिला बिश्वकर्मा काठमाडौँ चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा भोजराज बिश्वकर्मा, सीताराम बयलकोटी, बिश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भिर बिक, संगम दर्जी, सुशिला बिक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन भएका छन् ।

भेलाले संघको काठमाडौँ उपत्यका कमिटिमा राष्टिय समाचार समितिका सुशील दर्नालको अध्यक्षतामा १३ सदस्यीय समिटि चयन गरेको छ । उपाध्यक्षमा गणेश बि.क, सचिव सन्दिप बिश्वकर्मा, सहसचिव निरोज तोलागङी, कोषाध्यक्षमा सुशीला बिश्वकर्मा चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा पवन वराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, विरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का र अलिन सुनाम परियार चयन भएका छन् ।
भेलाको उद्घाटन प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिमराम जम्मकट्टेलले गरेका थिए । सो अवसरमा मन्त्री जम्कटेलले दलित समुदाय बारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । मन्त्री जम्मकट्टेलल भने, “लामो सङघर्षबाट प्राप्त समानुपातिक, समावेशीताको विकल्प छैन, सम्वृद्ध नेपाल निर्माणका लागि दलित समुदायले लामो समयदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्यालाई आर्थिक र राजनीतिक सहभागितासँग जोडेर एकीकृत रुपमा समाधान खोजिनुपर्छ ।” उनले परिवर्तित समयमा पनि दलित समुदायको मुक्ति गर्ने खालको एजेण्डा नभएको औँल्याए ।
दलितहरु आर्थिक, राजनीतिक, शैक्षिक र सामाजिक रुपमा पछाडी पारिएको भन्दै मन्त्री जम्मकट्टेलले दलित समुदायलाई आत्मसम्मानपूर्ण तरिकाले बाँच्न पाउने आधार सिर्जना गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
उद्घाटन समारोहलाई संवोधन गर्दै राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपालका अध्यक्ष तथा संविधान सभाका सभासद् विनोद पहाडीले संबिधानमा दलितका अधिकार सुनिश्चित भए पनि ब्यवहारतः दलितहरु अहिले पनि अमानवीय जीवन जीउन बाध्य परिएको बताए । दलितहरु अहिले पनि सुचना बिहिन भएको भन्दै उनले थपे, “दलित पत्रकारमाथि अन्याय हुँदा उसैलाई मात्रै दुखेको हुन्छ, आफनो आवाज आफँैले उठाउनुपर्छ, त्यसैले पनि संगठनको आवश्यकता महसुस गरी दलित पत्रकारहरुको संगठन स्थापना गरिएको हो । तर यसले सबै संघसंस्थासँग एकाकार भएर काम गर्ने छ ।”
अध्यक्ष पहाडीले यसै संगठन मार्फत दलित पत्रकाहरुको हितमा काम गर्ने बताए । उनले भने, “दलित पत्रकारहरुको जीवन बिमा, तालिम र प्रत्येक संचार माध्यममा इज्जत प्रतिष्ठाका साथ ससम्मान काम गर्ने वातावरण सिर्जना गरिने छ ।” उनले उत्कृष्ट समाचार लेख्ने दलित पत्रकारका लागि प्रत्येक वर्ष पुरस्कारको ब्यवस्था गरिएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले दलित पत्रकार सङ्घले दलित समुदायका पत्रकारको क्षमता विकाससँगै सञ्चार सम्वन्धी ऐन, कानून र नीतिलाई समावेशी बनाउनका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा दलित अधिकार कर्मी गणेश बिके, मोतीलाल नेपाली, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, नेवा दवु पत्रकार संघका अध्यक्ष सुरजवीर मानन्धर, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, दलित गैरसरकारी संस्था महाससंघका कार्यवाहक अध्यक्ष भक्त बिश्वकर्मा लगायतले आफ्नो बिचार ब्यक्त गरेका थिए ।