७५० ग्राम अवैध सुनसहित रसुवाबाट दुई महिला पक्राउ

दियो पोस्ट  

रसुुवा, मंसिर ९ । रसुवाबाट अवैध सुनसहित दुई जना महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा  रसुवा गोसाइँकुण्डका ३४ बर्षीया म माया तामाङ र ३९ बर्षीया थो माया तामाङलाई ७५० ग्राम अवैध सुनसहित पक्राउ गरको हो । गत शनिबार केरुङ नाका पुगेर फर्किएका उनिहरुलाई अवैध सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनाको अनुसन्धान भइरहेको सिमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।