
ललितपुर, मंसिर ९ । प्रहरीलाई घुस दिन खोज्ने दुई युवा पक्राउ परेका छन् । लागु औषध गाँजा सहित पक्राउ परेका दुई जना युवाले प्रहरीलाई दुई हजारको अफर गरि आफुहरुलाई छाडिदिन आग्रह गरेका थिए ।
पक्राउ पर्नेहरुमा ललितपुर हरिसिद्धी बस्ने २५ बर्षीय सन्दीप महर्जन र रिपु महर्जन रहेका छन् । बा ८८ प ६१२ स्कुटरमा चढेर आएका उनिहरुबाट प्रहरीले ५० ग्राम फेला पारेका थियो ।
पक्राउ परेका दुवै जनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।