
दियोपोस्ट संवाददाता
अर्घाखाँची, १२ मंसिर । ‘यी एक बालिका । यी बालिका अर्घाखाँचीको नरपानीमा बुधवार भएको बस दुर्घटनामा भेटिएकी हुन् । घाइते अवस्थामा भेटिएकी यी नानीले पहिलो शब्दमा ’आमा’ भनिन् । आमाको माया र आवश्यकता कत्ती छ भन्ने कुरा त्यही बाट पनि पुष्टी ( पुष्टी नै गर्नुपर्ने चाही होइन) हुन्छ । संसार कति पृथक छ है कसैले कसैको भाव बुझ्न सक्दैन शिवाय आमा को तर यहाँ नानीले आमा भनेर रोइन कराइन । उनी नाबालिकलाई के थाहा आमासँग विछोड भई सक्यौ भन्ने । हुन त आमा कहाँ कस्तो अवस्थामा छिन कसैलाई केही थाहा छैन । ती बालिकाकी आमा को हुन् भन्ने पनि घाइते र ज्यान गुमाएकाहरुको शबबाट पहिचान हुन सकेन । विडम्बना भन्नु पर्छ यी नानीलाई चिन्ने कोहि भएनन् । अहिले उनी जिल्ला प्रहरीको काखमा , र प्रत्यक्ष प्रशाशनिक रोहबरमा उपचाररत छिन । यी नानी अर्को जिवन पाएर बचेँकी हुन , दुःखद घटनाबाट नयाँ भाग्य कोर्दै गरेकी यी बालिका कहाँ कि होलिन ? कुनठाउँ यीनको घर होला ? कस्की सन्तती होलिन ? जो कसैले पनि यी नानीलाई चिन्नुहुन्छ , कृपया संपर्कमा आई दिनुहोला : सम्पर्क ९८६१०३८९७२ सुरज । पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँची ९८५७०६१४२८हिमबहादुर लेकाली , त्यस्तै जिल्ला प्रशाशन अर्घाखाँचीको कार्यालय,’ समाजिक सञ्जालमा उमाकान्त पाण्डेले लेखेको यो स्ट्याटस निकै भाइरल बन्यो ।

अर्घाखाँचीको सन्धिखर्क–६ सल्लेरीमा बुधबार भएको बस दुर्घटनामा बाँचेकी यी बालिकाको पहिचान भएको छ । उनको परिवारको समेत पहिचान भएको छ । सन्धिखर्कबाट बुटवलका लागि हिँडेको उक्त बसमा सवार यी बालिकाको नाम एन्जिला भट्टराई पौडेल हो । ४ वर्षिय एन्जिलाको आमा यतिबेला बुटवलस्थित चौरह अस्पतालको आस्पतालमा उपचार भइरहेको छ ।

बुटवलस्थित चौरह अस्पतालको आइसियुमा एन्जिलाको आमा अमृता पौडेल भट्टराईको अवस्था कस्तो छ भनेर सम्पर्क गर्दा अस्पतालले बताउन चाहेन । यद्धपी उनको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जानकारी दियो ।
सन्धीखर्च नगरपालिका वडा नम्बर १२ वाङ्ला घर भएकी उनको परिवारले प्रहरीको काखबाट एन्जिलालाई आफ्नो घर लगिसकेको छ ।

बुधबार भएको दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो । सन्धिखर्कबाट बुटवलको लागि दिउँसो साँढे १ बजे छुटेको पश्चिम नेपाल बस व्यावसायी प्रा.लीको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा अपरान्ह ४ बजे दुर्घटना परेको थियो ।

१७ जना घटनास्थलमै र २ जनाको उपचारको क्रममा निधन भएको थियो । मृत्यु हुनेमा ११ जना पुरुष र ७ जना महिला रहेका छन् । २ मध्ये २ जना भने बालिका रहेका छन् ।
