टेस्ट क्रिकेटमा डेविड वार्नरको कीर्तिमानी, पाकिस्तानविरुद्ध तेहेरो शतक

टेस्ट क्रिकेटमा डेविड वार्नरको कीर्तिमानी, पाकिस्तानविरुद्ध तेहेरो शतक

काठमाडौँ, मंसिर १४ । अस्ट्रलियन क्रिकेटर डेविड वार्नरले आफ्नो करियरकै उत्कृष्ठ कीर्तिमान कायम गरेका छन् । पाकिस्तानसँग भएको डे–नाइट टेस्ट क्रिकेटमा वार्नरले तेहेरो शतक प्रहार गरेर कीर्तिमान कायम गरेका हुन् ।

पाकिस्तानसँगको दोस्रो डे–नाइट टेस्ट क्रिकेटमा वार्नरले अविजित तीन सय ३५ रन बनाएका छन् । उनले तीन सय ८९ बल खेल्दै ३९ चौका र एक छक्का प्रहार गरे । वार्नरको कीर्तिमानी सँगै अस्ट्रेलियाबाट तेहेरो शतक प्रहार गर्ने सातौँ खेलाडी बनेका छन् ।

अष्ट्रेलियाका लागि मार्नुसले एक सय ६२ रनको सतकीय इनिङ खेले । म्याथ्यु वेडले अविजित ३८ रन बनाए ।

यसैगरी यसै खेलबाट सर्वाधिक छिटो सात हजार रन पूरा गर्दै नयाँ कीर्तिमान बनाएका पूर्व कप्तान स्टिभ स्मिथ ३६ रनमा आउट भए । पाकिस्तानका शहिन शाह अफ्रिदीले तीन विकेट लिए ।

वार्नरले अविजित ३३५ रन बनाएसँगै अष्ट्रेलियाले ५८९ रनमा इनिङ समाप्तीको घोषणा गरेको छ।

Trending News