धादिङमा स्करपिओ दुर्घटना : ५ जना गम्भिर घाइते !

धादिङमा स्करपिओ दुर्घटना : ५ जना गम्भिर घाइते !

धादिङ, १८ कार्तिक । धादिङको पृथ्वी राजमार्ग जोड्ने कालुपाण्डे राजमार्गमा पर्ने निलकण्ठ नगरपालिका स्थित ससाहमा स्कर्पिओ दुर्घटना भएको छ । दुर्घटनामा ५ जना गम्भिर घाइते भएका छन् ।


बा १५ च ३५०४ नम्बरको स्करपिओ दुर्घटनाग्रस्त भएको हो । मंगलबार विहान करिब ८ बजेर ३० मिनेट जाँदा उक्त गाडी सडकबाट १ सय मिटर तल थोपल खोलामा खसेको थियो ।
धादिङवेशीबाट काठमाडौं जाँदै गरेको उक्त जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भिर घाइतेलाई एभरेष्ट हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ भने अन्यलाई जिल्लाकै अस्पतालमा उपचार गराइएको छ ।


घाईतेहरुमा मुक्तिनाथ बैंक धादिङ शाखाका प्रबन्धक सुरेन्द्र श्रेष्ठ, गल्छी १ का विनोद खतिवडा, चालक विक्रम विश्वकर्मा, चन्द्रबहादु्र दुवाडी र आईते नेपाली रहेका छन् ।

Trending News