धादिङ, २१ कार्तिक । धादिङको गजुरी गाँउपालिकाले खुलाएको गिटि बालुवा तथा ग्राबेल उत्खनन् ठेक्कामा व्यापक अनियमितता भएको पाएको छ ।
गाँउपालिकाले गाँउपालिका क्षेत्र भित्रका नदिजन्य पदार्थ उत्खनन्, तथा संकलन हुने गिटी बालुवा ग्राभेलको बिक्रि शुल्क उठाउनका लागी आर्थिक बर्ष २०७७÷०७८ का लागि ठेक्का आह्वान गरेको थियो ।
गत भाद्र २९ गते नयाँ पत्रिका दैनिकमा प्रकाशित् शिलबन्दी आह्वानको सुचना अनुसार गत कार्तिक १ गते गाँउपालिकाले आन्तरिक आय संकलन ठेक्कामा सबैभन्दा बढि अंक भ्याट बाहेक रु. ११ करोड ९७ लाख ७७ हजार ७ सय ७७ रुपैँयामा शिवाको कन्ट्रक्सनलाई छनौट गरेको जनाएको थियो ।
गाँउपालिकाले आशयपत्र प्रकाशित् गरेपनि ठेकेदार कम्पनी शिवाको कन्ट्रक्सनले भने हालसम्म ठेक्का सम्झौता गरेको छैन । आशय पत्र प्रकाशित् भएको ७ दिन भित्र ठेक्का सम्झौता गरिसक्नुपर्ने भएतापनि ७ आँै दिनसम्म पनि ठेक्का सम्झौता नगरेको पाइएको छ ।
तर, ठेक्का सम्झौता नै नगरि अवैध रुपमा निकासी कर उठाउन थालिसकेको छ । ठेक्का सम्झौताका लागि गत कार्तिक ७ गते कम्पनीलाई पत्राचार गरेको थियो । तर शिवाको कन्ट्रक्सनले भने गाँउपालिकालाई बेवास्ता गर्दै आएको छ । ठेक्का सम्झौताका लागी पत्राचार गर्दा समेत ठेकेदार कम्पनीले बेवास्ता गर्दै आएपनी गाँउपालिकाले भने हालसम्म पत्राचार गरी औपचारिक प्रकृया पुरा गर्नुभन्दा केहि गर्नसकेको छैन ।
यता गजुरीबासीले भने गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको मिलेमतोमा उक्त ठेक्का पाउने ठेकेदार कम्पनीलाई भारी छुट दिने तयारी भएकाले अध्यक्ष बस्नेतकै योजनामा ठेकेदार कम्पनीका प्रतिनिधी ठेक्का सम्झौता गर्न नआएको आरोप लगाएका छन् ।
करिव १२ करोड बराबरको ठेक्कामा, सम्झौता अगावै ३३ प्रतिशत रकम अर्थात् ३ करोड ९५ लाख २६ हजार ६६७ रुपैया भुक्तानी गर्नुपर्नेमा उक्त कम्पनीले भने हालसम्म रु. १ करोड रुपैंया मात्र बुझाएको छ । यद्धपी सम्झौता नगरेपनि उक्त कम्पनीले गाँउपालिका क्षेत्र भित्र उत्पादित उत्खनन्, तथा संकलन हुने गिटी बालुवा ग्राभेलको बिक्रि शुल्क उठाउने कार्य भने गरिरहेको छ । यसरी अवैध रुपमा निकासी शुल्क उठाउने कार्य गरेपनि प्रशासनले कुनै कारबाही गरेको छैन ।
तर गाउँपालिका अध्यक्ष बस्नेत भने मौन छन् । उनको मौनतालाई समेत अर्थपूर्ण रुपमा हेएिको छ ।
कागजी रुपमा उक्त ठेकेदार कम्पनिका मालिक प्रकाश रेग्मी भएपछि धादिङ क्षेत्रमा बोइर भनिने राष्ट्रिय युवा संघ नेपाल धादिङका अध्यक्ष दीपक खतिवडाले हेर्ने गर्छन् । गाउँपालिका अध्यक्ष बस्नेत निकट रहेकै कारण पनि उनले ठेक्का पाएको बताइन्छ । बोईलर भनिने दिपक खतिवडा र गाँउपालिका प्रमुख बस्नेत दुवै नेकपा निकटका नेतामात्र नभई उनीहरु दुवै पार्टी भित्रका एकै गुटका समेत हुन् ।
यद्धपी गाउँपालिका अध्यक्ष बस्नेत भने ठेक्का प्रक्रिया सकिएको विषयमा आफूलाई जानकारी नै भएको भन्दै हिँडेका छन् ।