आमात्य समुहलाई अर्को झड्का : एक हप्ताभित्र ३० करोड रुपैयाँ बुझाउन अल्टिमेटम !

दियो पोस्ट  

काठमाडौं, कुनै समय प्रतिष्ठित व्यापारिक घराना थियो– आमात्य समुह । माउन्ट एभरेष्ट वियर, नेपाल स्टिल र पोखराको फूलबारी रिसोर्ट यही घरानाको थियो । तर, बैंकबाट ऋण लिने र बैंक नै डुबाउने खेलमा लागेको खुलेपछि यो घरानाको दुर्दशा सुरु भयो ।

अर्बौंको धन्दा चलाउने यो समुह यतिबेला भने कर्जा सुचना केन्द्रको कालोसुचिमा छ । बैंकहरुको ऋण नतिरेपछि बैंकले विभिन्न निकायमा मुद्दा गरेका थिए । एनसिसि बैंकले ऋण असुल नभएपछि ऋण असुली न्यायाधीकरणमा मुद्दा हालेको थियो ।


ऋण असुली न्यायधिकारणले ७ दिन भित्र ऋण चुक्त गर्न आउन आमात्य समुहलाई अल्टिमेटम दिएको छ । आइतबार प्रकाशित गोरखापत्रमा आमात्य समुहको लगानी रहेको माउन्ट एभरेष्ट ब्रअरी, नेपाल स्टिल र आमात्य इन्टर प्राइजेजलाई छुट्टा छुटै सुचना मार्फत ताकेता गरेको छ ।


लुम्बिनी बैंक लिमिटेड हाल बैंक अफ काठमाडौं लुम्बिनी लिमिटेडले दायर गरेको मुद्दामा आमात्य इन्टर प्राइजेजलाई २०७३ साल असार १ गते नै ४४ लाख ८१ हजार ९ सय छयालीस रुपैयाँ र सावाँ १८ लाख ५४ हजार तिनुपर्ने फैसला गरेको थियो । सो रकम तिर्न सात दिन भित्र न्यायधिकरणले अल्टिमेटम दिएको छ ।

त्यस्तै एनसिसि बैंकले हालेको मुद्दामा पनि न्यायाधिकरणले २०७३ साल माघ १८ मै मुद्दाको किनारा लगाएको थियो । आमात्य समुहको लगानी रहेको माउन्ट एभरेष्ट ब्रुअरी प्रा.लीले ६ करोड ३ लाख ४८ हजार ३ सय १५ रुपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो । सावाँ रकम १ करोड ५० लाख रुपैयाँ र एक करोड १७ लाख ६६ हजार रुपैयाँ गरि जम्मा ८ करोड ७० लाख रुपैयाँ भन्दा बढी ७ दिन भित्र तिर्न अल्टिमेटम दिएको छ ।


त्यस्तै आमात्य समुहकै स्वामित्व रहेको नेपाल स्टिल प्रा.लीले पनि ऋण नतिरेपछि एनसिसि बैंक मुद्दामा गएको थियो । नेपाल स्टिल प्रा.लीले ४ करोड ८५ लाख १४ हजार ४ सय २० रुपैयाँ सावाँ सहित १५ करोड ९२ लाख १७ हजार ५४ रुपैयाँ तिनुपर्ने फैसला २०७३ माघ १८ मै भएको हो ।

उक्त रकम समेत राजश्व न्यायधिकरणको ऋण असुली शाखामा बुझाउन ७ दिने अल्टिमेटम दिइएको छ । करिब ३० करोड रुपैयाँ १ हप्ता भित्र तिर्न नसके आमात्य समुहका उच्च अधिकारी फेरी जेल जाने खतरा बढेको छ । यो समुहका मालिक मध्ये पियुष बहादुर आमात्य यसअघि नै ठगि अभियोगमा पक्राउ परेका थिए ।


कम्पनिका सञ्चालकहरु हिरेन्द्र बहादुर आमात्य, पियुष बहादुर आमात्य, विनोद बहादुर आमात्य र दमन बहादुर आमात्यको नाममा ऋण असुली न्यायधिकरणले सुचना जारी गरेको हो ।

TATA ADD