सचिवालय बैठकलाई प्रधानमन्त्री ओलीको काउन्टर : एकै समयमा मन्त्रिपरिषद बैठक आह्वान !

दियो पोस्ट  

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सचिवालय बैठकको निर्णयलाई चुनौती दिएका छन् ।

अघिल्लो पटक बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले आज १ बजे सचिवालय बैठक आह्वान गर्ने निर्णय गरेको थियो ।

तर, उक्त बैठक सार्न पटक पटक अभ्यास गरिरहेका ओलीले अन्तत सोही समयमा मन्त्रिपरिषद बैठक डाकेर सचिवालय बैठकलाई ठाडो चुनौती दिएका छन् ।


ओलीले आज बुधबार दिउँसो १ बजे नै मन्त्रिपरिषद बैठक आयोजना गरेका हुन् । बालुवाटारमा सोही समयमा नेकपाको सचिवालय बैठक बस्दैछ ।

प्रधानमन्त्री ओलीले चिनिया राजदूत होउ यान्छीलाई भेटेपछि बुधबार राती राष्ट्रपति विद्यादेवि भण्डारीलाई मध्यराती १२ बजेसम्म भेटेका थिए । उनले भेट्नुअघि नेकपका अर्का अध्यक्ष प्रचण्डले भण्डारीलाई भेटेका थिए ।

सम्बन्धित खबर