सोल्टी होटलमा उद्योग वाणिज्य महासंघका नेताबीच लफडा : चन्द्र ढकाललाई ठूलो झड्का !

दियो पोस्ट  

काठमाडौँ, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई पहिलो गाँसमै ढुंगा भनेजस्तै जस्तै भएको छ । महासंघको शनिबार भएको निर्वाचनमा उनीद्वारा पराजित किशोर प्रधानलाई नै अध्यक्ष शेखर गोल्छाले मनोनित सदस्यमा चयन गरेपछि यस्तो अवस्था आएको हो ।


नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा आइतबार राजधानीको सोल्टी होटलमा पहिलो बैठक बसेको थियो । तर, पहिलो बैठक नै विवादित बनेको छ ।
अध्यक्ष गोल्छाले कोषाध्यक्ष पदका लागि मनोनयनको प्रक्रिया अघि बढाएका थिए । उनले विशिष्ट सदस्य पदमा पशुपति मुरारकालाई मनोनित गरेका छन् । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा पराजित किशोर कुमार प्रधानलाई भने मानार्थ सदस्य पदमा मनोनित गरेका छन् । प्रधानलाई मनोनित गरेपछि बैठकमा चरम विवाद भएको थियो ।

‘चन्द्र ढकाल निकट एक केन्द्रीय सदस्यले अध्यक्ष शेखर गोल्छाले हैकमवादी र अधिनायकवादी शैली अपनाएको आरोप लगाए । महासंघको पहिलो बैठकमै दाँतमा ढुंगा लागेको ती सदस्यले बताए । अध्यक्ष गोल्छाले प्रस्ताव ल्याउने वित्तिकै बैठकमा चरम विवाद शुरु भएको थियो ।

सम्बन्धित खबर