कृषि विकास बैंक ह्याकिङ प्रकरण: धादिङका घले पक्राउ

दियो पोस्ट  

काठमाडौं, १४ मंसिर । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पुर्‍याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका धादिङको रुविभ्याल्ली गाउँपालिका–१ घर भएका खम्ब घलेलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार करिब ५ करोड रुपैयाँ रकम चोरिएको प्रकरणमा उनले समेत पैसा निकालेको पाइएको छ ।

यसअघि घटनामा श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ लगायत पक्राउ परिसकेका छन् । घलेलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको छ र अब संगठित अपराध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर