अनिल गुप्ता
कार्तिक २ गते । पर्साको जगरनाथपुर गाँउपालिका ५ मधुवाहाका मोहम्मद सागीर आलमको घरमा सांघातिक आक्रमण भएको छ । गाउँकै केही व्यक्तिले गुण्डागर्दी शैलीमा आक्रमण गर्दा आलमका दुई छोरी र श्रीमति घाइते भएका छन् ।
शुभदिपावलीको दिनमा निज आलमको सम्पुर्ण परिवार एक आपसमा गफ गरिरहेको बेलासोही गाँउका बनारसी मुखिया बिन, नन्दकिशोर मुखिया बिन,नगिना मुखिया बिनले एकासी लठी, हातहतियार प्रयोग गरेर आक्रमण गरेका हुन् ।
उनीहरुले जबरजस्ती नगद समेत लुटेका छन् । आलमको परिवारका अनुसार नगद ३ लाख रुपैयाँ र गरगहना समेत लुटेको पीडित परिवारले आरोप लगाएको छ । घटना हुँदा आलम भने बीरगन्जमा थिए ।
जानकी प्रहरी चौकीका इन्चार्ज शिव ओलीका अनुसार घाइतेलाई पोखरीया अस्पतालमा सामान्य उपचारपछि वीरगन्जस्थित तराई अस्पतालमा उपचार गरिएको छ । प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेका अनुसार अभियुक्तहरु फरार छन् । उनीहरुलाई पक्राउ गर्न प्रहरीले विशेष टोली परिचालन गरेको छ ।