मानसिंह विश्वकर्मा
रोल्पा । रोल्पामा पहिलो पटक अक्सिजन प्लान्टको उद्घाटन भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पामा पहिलो पटक अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।
मुख्मन्त्री केसीले उद्घाटनमा भने,‘“हामीले कोरोनाको कारणले गर्दा धेरै शिक्षा पनि लियौँ, अब अक्सीजनको अभावमा हुने जोखिमलाई कम गर्न सकिने र जीवन जोगाउनका लागि सहज हुनेछ ।’
उनले रोल्पा जिल्लाबाट रिफर हुने विरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा नै उपचार हुने वातावरणको सृजना गर्नका लागि प्रदेश सरकारले व्यवस्था गरेको बताए ।
मुख्यमन्त्री केसीले रोल्पा अस्पताल भवनको निर्माणमा भएको ढिलाई बारेमा यसको निर्माण व्यवसायीलाई तुरुन्त छानवीन र निर्माण गराउनको लागि नै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिए ।“रोल्पा अस्पतालको निर्माणमा भएको ढिलाई प्रति प्रमुख जिल्ला अधिकारीले तुरुन्त जाँचबुझ गरी तुरुन्त कारवाही प्रक्रिया अगाडि बढाउनुहोस्, राज्यकोले लिएको कार्यक्रमलाई नै छिटो रुपमा नै अगाडि बढाउनको पर्दछ, भवन निर्माणमा ढिलाई गर्नु हुँदैन जसलाई पनि कारवाही गर्नुपर्दछ,’ उनले भने ।
मुख्यमन्त्री केसीले स्वास्थ्यक्षेत्रको समस्यालाई हल गर्नका लागि नै प्रदेश सरकारले पहिलो प्राथमिकताकासाथ ध्यान दिएको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लामा अजिनको जडान भएपछि आम रोल्पालीको जीवन सुरक्षा हुने कुरामा विस्वास व्यक्त गर्नुभयो । रोल्पा जिल्लामा विशेषज्ञ केन्द्रीत गरी जनतालाई सेवा प्रदानसमेत गर्न आग्रह गर्नुभयो ।
रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पा अस्पतालको बत्तिको समस्यालाई हल गर्नका लागि १०० केभिएको जेनेटर प्रदान गरेको छ । साथै रोल्पा जिल्ला अस्पतालाई रोल्पा नगरपालिकाले स्वाथ्य सामाग्रीहरु प्रदान गरेको बताए ।