मुल्य बृद्धिको विरोधमा विप्लव समुहद्वारा अरनीको राजमार्ग अवरुद्ध

diyopost.com
दियो पोस्ट  आइतबार, कार्तिक २८, २०७८ | १४:४०:५५

काठमाडौं । इन्धनको मुल्य बृद्धि विरुद्ध  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले चक्काजाम गरेको छ । राजधानी भित्रने प्रमुख नाका अरनीको राजमार्गमा एक घण्टासम्म चक्का जाम गरेको हो ।
आन्दोलनका कमाण्डर कृष्ण सेवाका अनुसार पेट्रोलियम पदार्थ र खाद्य बस्तुको मुल्य बृद्धि विरुद्ध चक्का जाम गरिएको हो । आन्दोलनकारीहरुले टायर समेत बालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि धरपकड समेत गरेको थियो । अरनीको राजमार्गस्थित काभ्रे र भक्तपुरको सिमाना साँगामा उनीहरुले प्रदर्शन गरेका थिए । पक्राउ परेका २ जना रिहा भइसकेका छन् ।

सम्बन्धित खबर