काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को निधन भएको छ । सडक दुर्घटनामा परि उनको निधन भएको हो ।
मंगलबार बेलुकी करिब ९ बजे बुटवलको जितगढीमा उनी दुर्घटनामा परेका थिए ।
शर्मा सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रु बाहक बसले ठक्कर दिएको थियो ।
शर्माको बुधबार निधन भएको हो । माओवादी युद्धकालमा जनमुक्ति सेनाको सैन्य सदस्य समेत रहेका उनी निकै शालिन नेता थिए ।
उनको उपचारको क्रममा निधन भएको हो । उनी सवार मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् ।