डिभोर्सको छ महिनामै जी.पीले गरे विवाह, उषालाई अंश नदिइ उनकै घरमा भित्र्याए दोश्रो श्रीमती !

दियो पोस्ट  

काठमाडौं । डिभोर्स भएको छ महिनामा नै सञ्चारकर्मी जी.पी तिमिल्सिनाले दोस्रो विवाह गरेका छन् । पुर्वमिस नेपाल उषा खड्कीसँग डिभोर्स भएको छ महिनामा नै जीपीले सविना अधिकारीसँग दोस्रो विवाह गरेका हुन् ।

पूर्व मिस नेपाल खड्गी र जिपीबिच जेठ २६ मा ‌औपचारिक रूपमा सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदसँगै अदालतले सम्पत्ति चार भाग र ऋण २ भाग लगाए पनि सम्पत्ति बाँडफाँड नटुङ्गिँदा उषा त्यही घरमा बस्छिदै आएकी थिइन् । जिपीले मङ्सिर १९ गते विवाह गरेका थिए । जिपीले उषाबस्दै आएको घरमा दोस्रो श्रीमती भित्र्याएका छन् । तीन तले घरमा पहिलो तला भाडामा दिइएको छ । दोस्रो तलामा उषा २ सन्तानसहित बस्छन्। तेस्रो तलामा जिपी नयाँ श्रीमतीसहित बस्छन् । पारिवारिक हिंसा भएको भन्दै उषाले सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाएकी थिइन् ।

दोश्रो श्रीमती सबिनासँग जी.पी

मदिरा पिएर कुटपिट गर्ने गरेको भन्दै उनले श्रीमान् श्रीमतीको रूपमा सँगै बस्न नसक्ने भन्दै सम्बन्ध विच्छेदको मुद्दा प्रक्रिया अगाडि बढाए पनि जिपीले आरोप मिथ्या भएको दाबी गरेका थिए । जिल्ला अदालत भक्तपुरले दुबैलाई मेलमिलापको अवसर दिए पनि सम्भव नभएपछि सम्बन्ध विच्छेदको निवेदन स्वीकार गर्दै सम्पत्ति र ऋण दुवै बाँडफाँडको फैसला गरेको थियो । उषाले जिपीले अदालतको फैसला अनुसार सम्पत्ति नदिएको भन्दै सोही घरमा बस्दै आएकी थिइन् ।