प्रचण्ड भेट्न खुमलटार पुगे ओवरायका बाबुछोरा

दियो पोस्ट  

काठमाडौं । भारतीय सिनेमाका चर्चित चरित्र अभिनेता सुरेश ओवराय र उनका छोरा नायक विवेक ओवरायले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

बिहीबार अध्यक्ष दाहालकै निवास खुमलटारमा भएको भेटमा नेपाल र भारतबीचको सम्बन्ध तथा कला संस्कृतिको विषयमा कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ ।

ओवराय आफ्नो परिवारसहित सात दिन नेपाल बस्नेछन् । उनीहरू आज विहानै पशुपतिनाथको दर्शन गरेर चन्द्रागिरी हिल्स पुगिसकेका छन्।

सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी लगायतका क्षेत्र पनि घुम्ने कार्यक्रम पनि ओवराय परिवारको छ ।