काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे)का डीएसपी गणेश वम विवादमा आएका छन् । मदिरा पिएर बारमा लठ्ठीएका एक युवतीलाई सम्झाई बुझाई गर्ने वार संचालकलाई बलात्कारको झूटो मुद्दा लगाएको उनीमाथि आरोप छ ।
ठमेल स्टार वारका संचालक रोशन श्रेष्ठलाई डिएसपी बमले झूटो मुद्दा लगाएको आरोप छ । पीडित भनिएकी एक युवतीको वारमा मदिरा पिएर लफडा गरेको भिडियो नै प्राप्त भएको छ । सोही लफडाको मुद्दामा वार सञ्चालक श्रेष्ठलाई पक्राउ गरि लफडा गर्ने युवतीलाई जाहेरकर्ता बनाएर झूटो मुद्दा दायर गरेको उनीमाथि आरोप छ ।
प्रहरीले पीडित महिलाको उजुरीका आधारमा गत मंसीर २४ गते सोधपुछका लागि भन्दै बारका संचालक श्रेष्ठलाई बोलाएर पक्राउ गरेका थिए । सोधपुछका लागि बोलाइएका उनलाई जबरजस्ती करणी तथा बलात्कारको मुद्दा लगाइएको आरोप छ । मंसिर २३ गते मादक पदार्थ सेवन गरी पिडीत भनिएकी महिलाले उक्त वारमा तोडफोड गरेकी थिइन् । उनी त्यही वारमा कार्यरत रहेको बताइएको छ ।
पीडित भनिएकी महिलाले ग्लासले टेवलमा हानेर फुटाएपछि उनलाई समातेर त्यसो गर्न रोकेको बताईएको छ । स्रोतका अनुसार ठमेल डान्सवारबाट लैनचौरका प्रहरीले नियमित रुपमा महिनावारी असुल्दै आएका छन् । ‘मासिक एक लाख त डिएसपीलाई नै दिनु पर्दथ्यो,’ स्रोतले भन्यो,‘अहिले प्रहरीबाट नै पीडित हुनु परेको छ । बार संचालकको कुनै गल्ती छैन ।’
स्रोतका अनुसार बारका संचालकहरुले प्रहरीलाई प्रशासनिक खर्च शिर्षकमा राखेर सो रकम दिँदै आएका थिए ।
यता डिएसपी बम भने पीडित भनिएकी महिलाको जाहेरीको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको बताउँछन् । ‘पीडित भनिएकी महिला भोलीपल्ट घाँटीमा चोट लिएर आउनु भयो । सोही चोटका आधारमा उहाँको घाउ जाँच पनि भयो । उहाँले नै मलाई श्रेष्ठले जबरजस्ती करणी प्रयास गर्नुभयो भन्ने जाहेरी दिनु भएको छ,’ बलमे दियोपोस्टसँग भने,‘मैले नै पीडितसँग बयान लिएको छु । अरु मुद्दा भए कुटपीटमा लगाउँछु भनेर साधेको पनि छु । अहिले म्याद थप भएर अनुसन्धानको प्रक्रियामा छ । अनुसन्धानको प्रक्रियामा भएको विषय पुरै भन्न मिल्दैन ।’