काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ । बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले भने सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा आधारित भएकोले गठबन्ध टुटेको निष्कर्ष निकालिएको बताए । संस्थापन पक्षले कुनै पनि छलफल र बैठकमा पार्टीका पदाधिकारीहरूलाई समेत सहभागी नगराएको भन्दै बैठकले असन्तुष्टि व्यक्त गरेको छ ।