सरकारमा जाने तयारीमा माधव नेपाल

दियो पोस्ट  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने संकेत दिएका छन् ।

गैरभौगोलिक कमिटीका नेताहरुलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी सरकारमा सहभागी हुन सक्ने संकेत दिएका हुन् । ‘अध्यक्ष कमरेडको संकेत सरकारमा सहभागी हुनुपर्छ भन्ने नै देखिन्छ, त्यसबारे सुझाव लिइरहनुभएको छ’, भर्चुअल बैठकमा सहभागी एक नेताले भने ।