[अन्तर्वार्ता] ‘रुकुम हत्याकाण्ड आधुनिक ‘कोतपर्व’ हो’ : अधिवक्ता मोहन साशंकर

दियो पोस्ट  

काठमाडौं । रुकुम पश्चिम चौरजहारी–८ सोती गाँउमा २०७७ जेठ १० गते जाजरकोटका नवराज विश्वकर्मासहित ६ जना युवाहरुको निर्ममतापूर्वक हत्या भयो । अन्तर्जातिय प्रेममा रहेका नवराजकी प्रेमिकालाई भेट्न गएका उनीहरुको रुकुम पश्चिममा हत्या गरि भेरि नदिमा बगाइएको यो घटना नेपालको इतिहासमा कालो दिनको रुपमा आम मानिसले बुझ्ने गरेका छन् । जसरी त्यो घटना भएको दिन कालो दिन त्यसरी नै यो घटनाको सन्दर्भलाई लिएर जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसलाको दिन एतिहासिक दिन हो ।

किनकी नेपालको इतिहासमा २४ जनालाई जन्मकैद फैसला भएको यो पहिलो परिघटना हो । गत मंसिर १९ गते जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको एकल इजलाशले गरेको फैसलाको चौतर्फी प्रशंसा भइरहेको छ । हरेक फैसलाको गर्भमा वकिलको दलिल र तर्कको महत्वपूर्ण भूमिका हुन्छ । यो फैसला आउन पनि दर्जनौँ अधिवक्ताहरुले कानुनी दलिल र तर्कहरु इजलाशमा पेश गरेका छन् । यो मुद्दाको नेतृत्वदायी भूमिकामा बहस गर्ने अधिवक्ता हुन्–मोहन साशंकर ।

विगत २ दशकदेखि वकालत पेशामा रहेका साशंकर व्यावसायीक अधिवक्तासँगसँगै सामाजिक अभियानता पनि हुन् । उनले जातिय छूवाछूत र विभेदका घटनामा पीडित भएकाहरुको पक्षमा निशुल्क वकालत गर्दै आएका छन् । रुकुम घटना, उक्त घटनाका सन्दर्भमा जिल्ला अदालतको फैसला र दलित माथि हुने अन्य जघन्य अपराधको श्रङ्खलामा कानुनी पहल कस्तो छ भनेर दियोपोस्टकर्मी ईश्वर विश्कर्माले उनलाई प्रश्न गरेका छन् ।