नेपाल र चीनबीच भएका ९ बुदेँ सहमति र समझदारी यस्ता छन् 

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा विषयमा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार ९ विषयमा नेपाल र चिन बिच सहमति समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

१. टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
२. नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
३. नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
४. थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
५. विकास योजना सम्बन्धी समझदारी पत्र
६. आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
७. नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
८. स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र
९. नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

आज बिहान नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्तामा दुई देशका अधिकारीहरुले सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

यससंगै कनेक्टिभिटी, इण्डस्ट्रियल डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, मेडिकल कोअपरेसन, एग्रिकल्चर, ट्रेड, टुरिजम, इन्भेष्टमेन्ट, साइन्स एण्ड टेक्नोलोजी, स्पोर्टस् , डिजास्टर म्यानेजमेन्ट, पिपुल टु पिपुल कन्ट्याक्ट र गरिबी निवारण लगायतका विषयमा सहयोग आदानप्रदान गर्ने परराष्ट मन्त्रालयका प्रवक्ता ढकालले जानकारी दिए ।