काठमाडौं । रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ । पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि दुईजना उपसभापति डा. स्वर्णिम वाग्ले र अर्यालमध्ये एकलाई बनाउने भनिएको थियो ।
तर सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएका रास्वपा सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।