नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा साडे १ करोड आर्थिक सहयोग

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच कम्पनीले आर्थिक सहयोग प्रदान गरेको हो ।

कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा अर्थ मन्त्री रामेश्वर खनाललाइ चेक हस्तान्तरण गरे ।

गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो ।

रकम हस्तान्तरण समारोहमा बोल्दै यस कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री गोविन्द लाल संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । जेनजीे प्रदर्शन र आन्दोलनको क्रममा सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेको र यसको पुननिर्माणमा सहयोग गर्न पाउँदा आफू हर्षित भएको उनले बताए ।

उनले आगामी दिनहरूमा पनि यस किसिमको सहयोग प्रदान गर्न कम्पनी तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गर्दै नेपाल सरकारले आर्थिक, सामाजिक र भौतिक रूपान्तरणका लागि सञ्चालनमा ल्याउने विभिन्न कार्यक्रमहरुमा सहयोग गर्न कम्पनी तत्पर रहेको र त्यसका निम्ति पहल गर्दिनका निम्ति समेत आग्रह गरे ।

सो अवसरमा अर्थमन्त्री रामेश्वर खनालले नेपाल लाइफले प्रदान गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे । नेपालको पूर्वाधार विकासमा यस किसिमको सहयोग टेवा पु¥याउने र आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा रहेको बताए ।

 

सिफारिस