विद्युत् प्राधिकरणमा हितेन्द्रदेवको पुनः पद बहाल, आजदेखि सम्हाले कामकाज

दियोपोस्ट संवाददाता  

काठमाडौं। सवोच्च अदालतको आदेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनः पदमा बहाल भएका छन्। सर्वोच्च अदालतले उनको सरुवा निर्णय बदर गर्दै प्राधिकरणमै फर्काउने आदेश दिएपछि शाक्यले आजदेखि पुनः कामकाज सम्हालेका हुन्।

अदालतले शाक्यलाई प्राधिकरणमै हाजिर गराई नियमित रूपमा काम सञ्चालन गर्न अनुमति दिन निर्देशन दिएको थियो।

ऊर्जा मन्त्री कुलमान घिसिङ नियुक्त भएपछि शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरिएको थियो। उक्त निर्णयविरुद्ध शाक्यले अदालतमा चुनौती दिएका थिए।

प्राधिकरणबाट हटाई ऊर्जा आयोगमा पठाउँदा आवश्यक स्वीकृति नलिएर प्रक्रिया अपूर्ण भएको अदालतको तर्क छ, जसका आधारमा शाक्यको सरुवा बदर गरिएको हो।

सिफारिस