काठमाडौँ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीका सहोदर भाई महावीर चौधरीलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ। ५१ वर्षीय महावीरलाई बुधबार बिहान कैलारी गाउँपालिका–५, बैजपुरबाट प्रहरीले नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार बर्दियाको राजापुरस्थित ‘हमार थारू रेस्टुरेन्ट’मा दाङ, तुलसीपुरका २७ वर्षीय निरज चौधरीलाई गोली हानी हत्या गरेको आरोप महावीरमाथि लागेको छ। घटनापछि उनी मोटरसाइकलमा कैलालीतर्फ गएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
प्रहरीले महावीरको साथबाट एक वटा पेस्तोल तथा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।
महावीर पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका सहोदर भाई हुन्।