
Compressed by jpeg-recompress
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत भाग लिन दल दर्ताको निवेदन पेश गरेका राजनीतिक दलहरूलाई आवश्यक परे नाम फिर्ता लिन आजका लागि समय तोकेको छ ।
आयोगले सार्वजनिक गरेको सूचनाअनुसार आज बिहान १० बजेबाट अपराह्न ४ बजेभित्र इच्छुक दलहरूले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ।
आयोगमा अहिलेसम्म १०० राजनीतिक दलले समानुपातिक प्रणालीका लागि आवेदन दिएका छन्।
आवेदनहरूको समीक्षा तथा आवश्यक अध्ययनपछि मंसिर २६ गतेभित्र स्वीकृत गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
प्रतिनिधिसभा सदस्य निर्वाचन–फागुन २१ का लागि–समानुपातिक तर्फ दल दर्ता गर्न आयोगले मंसिर २१ देखि २३ सम्मको समय तोकेको थियो।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचनमार्फत चयन हुनेछन् भने बाँकी ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।