रुपन्देही । अरुणखोलाबाट रामपुरतर्फ गइरहेको फोर्स जीप पाल्पाको निस्दी–४ मित्याल चिउरेबासमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ। लु १ ज ३९०८ नम्बरकी जीप घुम्ती नजिकैबाट करिब ५०० मिटर तल खसेको हो ।
दुर्घटनामा ९ जना घाइते भएको निस्दी गाउँपालिकाका प्रवक्ता मेघबहादुर सुनारीले जनाकारी दिए ।
घाइतेहरुको उद्धार कार्य जारी रहेको उनले बताए । मित्याल प्रहरी चौकीबाट प्रहरी टोली पुगेर सहयोग गरिरहेको जनाइएको छ। घटनाबारे थप विवरण भने अझै आउन बाँकी रहेको प्रहरीको भनाइ छ।
मृतकमध्ये एक जना स्थानीय रहेको प्रारम्भिक अनुमान भए पनि सबैको पहिचान खुलेको छैन।