एमाले ११औँ महाधिवेशनको बन्दसत्र दिउँसो १२ बजेपछि सुरु हुने

दियोपोस्ट संवाददाता  

काठमाडौं । आइतबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको नेकपा एमालेको ११औँ महाधिवेशन बन्दसत्र १२ बजेसम्मका लागि सरेको छ । सहमतिबाट नेतृत्व चयन गर्ने भन्दै बिहानैदेखि पार्टीको केन्द्रिय समिति बैठक बसेपछि बन्दसत्र सरेको हो ।

आज सुरु हुने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा गरिने छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मध्याह्न १२ः१५ बजेपछिबाट बन्दसत्रका औपचारिक कार्यक्रम सुरु गरिनेछ ।

यसअघि बन्दसत्र बिहानै सुरु गर्ने योजना भए पनि केन्द्रीय कमिटी बैठक राखिएकाले कार्यक्रमको समय सारिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

नयाँ नेतृत्व चयन गर्ने प्रक्रियासहित एमालेको महाधिवेशन सोमबार सम्पन्न गर्ने तयारी छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि दाबी प्रस्तुत गरेका छन् ।

सिफारिस