काठमाडौँ । महान्यायाधिवक्ता सबिता भण्डारी बराल ट्रान्सपरेन्सी इन्टरनेशनलको सदस्यताबाट निलम्बनमा परेकी छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिले भण्डारीलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको हो।
उनी विवादमा तानिएपछि उक्त कदम चालिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।
सार्वजनिक पदमा रहेकाले र उहाँमाथि विभिन्न प्रश्न उठ्न थालेपछि निलम्बन गरिएको बताइएको छ। यससँगै उहाँको सदस्यता तत्कालका लागि स्थगनमा राखिएको छ।
महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी साधारण सदस्य थिइन्।