एमाले ११औँ महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक

दियोपोस्ट संवाददाता  

काठमाडौं। नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार उम्मेदवार दर्तादेखि मतदान, मतगणना र नतिजा घोषणासम्मका सम्पूर्ण कार्यक्रम तय गरिएको छ।

तालिकाअनुसार सबैभन्दा पहिले मतदाता नामावली प्रकाशन गरिएको छ। त्यसपछि मतदाता नामावलीमाथि दाबी–विरोध, संशोधन तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ। निर्वाचन आयोगले उम्मेदवारका लागि दरखास्त फाराम वितरण तथा दर्ताको समयसमेत तोकेको छ।

निर्वाचन तालिकामा उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, विरोध तथा उजुरी दिने समय, उजुरीमाथि छानबिन र निर्णय, उम्मेदवारको नाम फिर्ता, अन्तिम उम्मेदवार नामावली प्रकाशनलगायतका कार्यक्रम समावेश गरिएको छ।

तालिकाअनुसार मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिनेछ भने मतगणना सम्पन्न भएलगत्तै निर्वाचन परिणाम घोषणा गरिने आयोगले जनाएको छ।

परिणाम घोषणापछि निर्वाचित पदाधिकारी तथा सदस्यहरूको प्रमाणपत्र प्रदान गरिने र शपथ ग्रहण कार्यक्रमसमेत तय गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले तोकिएको समयसीमाभित्र सबै प्रक्रिया पूरा गर्न उम्मेदवार, प्रतिनिधि तथा सम्बन्धित पक्षलाई तालिकाको पालना गर्न आग्रह गरेको छ।

कुनै कार्यक्रम आवश्यक परेमा आयोगको निर्णयअनुसार संशोधन हुन सक्ने उल्लेखसमेत तालिकामा गरिएको छ।

११औँ महाधिवेशनमार्फत एमालेले अध्यक्षसहित सम्पूर्ण नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने तयारी गरेको छ।

 

सिफारिस