काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित प्रसिद्ध बोन्डी बीचमा आइतबार साँझ भएको सामुहिक गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा बालबालिका र वृद्धहरू समेत छन्।
घटनामा दर्जनौं मानिस घाइते भएको बताइएको छ । बोन्डी बीचमा यहूदी समुदायद्वारा आयोजित हनुक्का पर्वको सार्वजनिक कार्यक्रम चलिरहेको थियो, जहाँ करिब १,००० भन्दा बढी मानिसहरू उपस्थित थिए।
साँझ करिब ६ः४५ बजे स्थानीय समयमा दुई बन्दूकधारीले भीडमाथि अचानक फायरिङ सुरु गरे, जसले भीड मच्चियो र मानिसहरू भाग्न थाले।
प्रहरीले दुई बाबु छोरा बन्दूकधारीहरूलाई आरोपीको रूपमा पुष्टि गरेको छ। ५० वर्षीय बुवाको प्रहरीको गोली लागी घटना स्थलमै मृत्यु भएको छ । २४ वर्षीय छोरा प्रहरीको नियन्त्रणमा छन् । उनी घाइते अवस्थामा रहेका कारण अस्पतालमा उपचार भइरहेको छ।
बन्दुकघारीले कानूनी रूपमा दर्ता भएका आगो–हतियारहरू प्रयोग गरेको प्रहरी स्रोतले बताएका छन्।
घटनामा कम्तीमा १५ व्यक्तिको मृत्यु पुष्टि गरेका छन्, अझै धेरै घाइते भएको अधिकारिहरूले जनाएका छन् । घटनाका घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर बताइएको छ।
पुलिस र सरकारी अधिकारीहरूले यो आक्रमणलाई “आतंकवादी तथा एंटिसेमिटिक ‘यहूदी-विरोधी हरकतको रूपमा वर्णन गरेका छन्।
विशेषगरी यहूदी समुदायको धार्मिक कार्यक्रमलाई लक्षित गरी फायरिङ गरिएको बुझिएको छ । यसलाई धेरैले जातीय तथा धार्मिक घृणा–प्रेरित हमलाको रूपमा विश्लेषण गरिरहेका छन्।
अष्ट्रेलियाका प्रधानमन्त्रीले यसलाई ‘शुद्ध दृष्टता’ भनेका छन् । यो घटना देशको इतिहासमा सबैभन्दा खतरनाक गोलीकाण्डमा पर्छ भनेर उल्लेख गरिएको छ। स्थानीय प्रहरीले समुदाय सुरक्षा बढाइएको छ र व्यापक अनुसन्धान जारी राखेको छ।
धार्मिक घृणा विरुद्ध कडा प्रतिक्रिया ल्याएको छ। समुदाय-उग्रवाद र सुरक्षा विषयमा नयाँ बहस शुरु गरेको छ।
यहूदी समुदायलाई लक्षित हिंसाको जोखिम बढेको चिन्ता जगाएको छ।