काठमाडौँ । सिरहा-३ जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्। प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२-०२-००१च ०८७ नम्बरको स्कारपियोमा उनी नगद रकमसहित पक्राउ परेका हुन् ।
गएराति करिब १२ः३० बजे उम्मेदवार यादवसहित पाँच जनालाई शिवचोकबाट नियन्त्रणमा लिएको प्रहीले जनाएको छ । जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यादव यसअघि तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।