काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन भृकुटीमण्डपमा जारी छ। महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रने भएका छन्।
महासचिव पदका लागि सुरेन्द्र पाण्डे, उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाललाई उम्मेदवार बनाउने तयारी गरिएको छ।
त्यसैगरी उपमहासचिव पदमा योगेश भट्टराई र बैजनाथ चौधरी तथा सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेललगायतका नामहरू करिब टुंगो लागेका छन्।
ईश्वर पोखरेल समूहले सचिव पदका उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटालाई पनि समावेश गरेको छ।
उम्मेदवारको टुंगो लागिसकेको छ, तर छलफल जारी रहेकाले केही परिवर्तन हुन सक्ने स्रोतले जनाएको छ।