एमाले ११औँ महाधिवेशनः नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ । नयाँ नेतृत्व चयनका लागि आज मतदानको कार्यतालिका तय गरिएको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।

महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन् ।

विद्युतीय मेसिन मार्फत हुने मतदानमा कुल ८० वटा विद्युतीय मेसिनको ब्यवस्था गरिएको छ । मतदानका लागि कुल २ हजार २६३ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुने बताइएको छ ।

निर्धारित कार्यतालिकाअनुसार आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिए पनि मतादानको समय केही ढिलाइ हुन सक्ने बताइएको छ ।

मतदान सम्पन्न भएपछि भृकुटीमण्डपमै मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ । मतपरिणाम घोषणा, प्रमाणपत्र वितरण तथा निर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रम पनि सोही स्थलमै हुने एमालेले जानकारी दिएको छ ।

सिफारिस