बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मनोहर लाल श्रेष्ठ पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ३६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२१ निवासी ४१ वर्षीय मनोहर लाल श्रेष्ठ पक्राउ परेका हुन् ।

श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौं जिल्ला अदालतको २०८१ असार २३ गतेको फैसलाअनुसार श्रेष्ठलाई ५ दिन कैद र ३६ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो ।

पक्राउपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले जानकारी दिए ।