एमाले महाधिवेशनः मतदान सम्पन्न, आजै मतगणना हुने

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया आज बिहान सम्पन्न भएको छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान पौने ७ बजे सम्पन्न भएको हो ।

मतगणना प्रक्रिया आजै सुरु आजै गरिने निर्वाचन आयोगले जनाएको छ । मतगणनाका बिहान १० बजेदेखि गरिने बताइएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन् । मतदानमा ९८.४ प्रतिशत सहभागिता रहेको आयोगले जनाएको छ ।