एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्ष पदमा निर्वाचित

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् ।

अध्यक्ष पदका उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत हासिल गरेका छन् । यद्यपि, निर्वाचनको औपचारिक घोषणा हुन भने अझै बाँकी रहेको आयोगले जनाएको छ ।