
काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट ईश्वर पोखरेल प्यानलका दुई जना मात्र पदाधिकारी निर्वाचित भएका छन्। पोखरेल प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार गोकर्ण बिष्ट र उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराई विजयी भएका हुन्।
१९ सदस्यीय पदाधिकारीमध्ये पोखरेल प्यानलबाट बिष्ट र भट्टराई मात्र निर्वाचित भएपनि केन्द्रिय सदस्य पदमा निर्वाचित हुनेको संख्या उल्लेख्य छ ।